अभिनयले जोडेको सम्बन्ध

स्मृति ढुंगाना, काठमाडौं, चैत ६- 'हाकु काले' अर्थात् सौगात मल्ल आफ्नो 'रिलेसन स्ट्याटस'बारे दोधारमा छन्। 'लुट' फिल्मबाट लोकप्रिय बनेका अभिनेता सौगातको रंगकर्मी सरिता गिरीसँग आत्मीय सम्बन्ध रहेको सबै साथीभाइलाई थाहा छ। तैपनि यस विषयमा 'स्पष्ट' छैनन् सौगात। 'हामी एकदमै मिल्ने साथी हौं। एकअर्काको बारेमा ध्यान दिन्छौं। साथीमा प्रेम सम्बन्ध हुँदैन भन्न सकिन्न,' सौगातले सरितासँगको सम्बन्धलाई यसरी व्याख्या गरे। झन्डै १२ वर्षअघि रंगमञ्चको यात्रा सँगै सुरू गरेका उनीहरू १४ वटा नाटकमा प्रेमीप्रेमिकाका रूपमा प्रस्तुत भइसकेका छन्। यो जोडीले 'आरूको फूलको सपना' नाटकबाट सहकार्य सुरू गरेका थिए। आफ्नो सम्बन्धमा सरिता पुरा पढ्नुहोस्

upcoming nepali movies trailers updates here